श्रावण ९ काठमाडौ — वैदेशिक राेजगारकाे सिलसिलामा गइ विभिन्न कारणले मृत्यु भएकाहरुकाे शव नेपाल ल्याइएको छ। लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २६ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन अन्ततर्राष्ट्रिय  विमानस्थलमा आइपुगेका छन । जसमध्ये ३ जनाको अस्तु मात्रै छ ।

काेराेना महामारीका कारण सरकारले गरेका निषेधाज्ञाले गर्दा अन्तर्राष्ट्रिय उडान रोकिएकोले नेपाल सरकारलाई पटकपटक नेपाल एअरलाइन्सको वाइडबडी जहाज पठाइदिन आग्रह गरेपनि नेपाल सरकारले नपठाउदा शव समयमा पठाउन नसकिएको मलेसिया स्थित नेपाली दुतावासले बताएको छ ।

दूतावासलाई मृतकका राेजगारदाताले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या, त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको रिपोर्ट छ । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर आर ए ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।

दुतावासका अनुसार मृतककाे नाम र ठेगाना
१.बुद्धिराम कामी- सल्यान,
२.मनीराम चौधरी-बर्दिया,
३.कर्णबहादुर बुढाथोकी- बैतडी,
४.सन्दीप विक-बागलुङ
५.प्रमोद विक-बागलुङ
६.सुनील बीसी- बागलुङ,
७.झापटबहादुर थापा- तनहुँ,
८.दलबहादुर मोक्तान- पाँचथर,
९.कृष्णकुमार राई- ललितपुर,
१०.होमबहादुर गुरुङ- सुनसरी,
११.रामचरित्र कानु- बारा,
१२.अमरबहादुर माझी- सिन्धुपाल्चोक,
१३.लोकबहादुर शाही- दैलेख,
१४.रुपेशपुलामी मगर- सिरहा,
१५.श्यामु थारु- कपिलवस्तु,
१६.सोमरबहादुर तामाङ- ओखलढुङ्गा,
१७.शम्भु विक- झापा,
१८.कमलादेवी भण्डारी- मोरङ,
१९.लोकबन्धु लावती- झापा,
२०.मति तामाङ- नवलपरासी,
२१.यमबहादुर सनारी- पाल्पा,
२२.दलमान तामाङ- ओखलढुङ्गा,
२३.गोविन्द बोहरा- झापा
२४.मोहनप्रसाद चौधरी- नवलपरासी,(अस्तु मात्र)
२५.मीनबहादुर विष्ट- डढेलधुरा,(अस्तु मात्र)
२६.रोशनकुमार यादव- सिरहा (अस्तु मात्र)

अब अझै केही प्रक्रिया पुर्‍याउन बाकि रहेका शवहरु नेपाल ल्याउन १८ वटा मलेसियामा रहेकाे दुतावासले बताएको छ। यसअघि गत २ गते १२ वटा र ६ गते १ वटा शव नेपाल ल्याइएको थियाे।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार