श्रावण ८ डडेल्धुरा – एक किशोरीमाथि बलात्कार गरेकाे आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। डडेल्धुरा आलिताल गाउँपालिका–६ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेकाेे खुलेको हाे।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट किशोरीलाई घर पुर्‍यादिन्छु भन्दै लगेर बीचबाटोमै बलात्कार गरेेेेेकाे खुलेपछि पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई पक्राउ गरिएको हाे।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार