श्रावण ७ दाङ – लागूऔषध चरेस र ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ। तीन जनालाई धानखोलामा रहेको हुम्ला रलिङग होटेलबाट र दुई जनालाई नेपालगन्जबाट आउदै गरेका यात्रुहरुलाई दमारगाउँमा चेकजाँच गर्दा करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१ पैयाखोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश बिकलेे चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा वडा नं ५ का किरण बिकले मास्क भित्र लुकाएर राखेकाे दुई ग्राम ब्राउन सुगर सहित र नेपालगञ्जबाट तुलसीपुर दाङ आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ भिआइपी टाेलकी ४५ वर्षिय चामु कुमारी बिकलाई चेकजाँच गर्दा उनले बोकेको ब्याग भित्र लुकाई राखेको सात ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हाे।

गढवा गाउँपालिका–१ धानखोलास्थित हुम्ला रलिङग हाेटेलबाट ९ किलो ९ सय ३० ग्राम चरेससहित बाग्लुङ निसिखोला गाउँपालिका–१ बस्ने २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका–२ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल पक्राउ परेका हुन। लागू औषध चरेस कारोबार भइरहेको भन्ने सुराकीको आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई चरेस सहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार