श्रावण ४ काठमाडौँ — माध्यमिक तह कक्षा १२ काे परीक्षा साउन ३१ गतेबाट संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेकाे छ। साउन ३१ गतेबाट भदौ ९ गतेसम्म संचालन गर्ने तयारी भएको भन्दै बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

नियमित शैक्षिक कार्यतालिका अनुसार जेठमा हुनुुुुुुपर्ने परीक्षा काेराेना महामारीका कारण स्थगित गरिएको थियो। स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेरब परीक्षा संचालन गर्ने तयारी बाेर्डले गरेकाे छ। जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी सहभागी हुनेे बाेर्डले बताएको छ ।

कोरोना महामारीका कारण गत वर्ष पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषय अनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने छ । बाेर्डले गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियाे। परीक्षा केन्द्रकाे हकमा होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) बाट नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार