श्रावण २ रोल्पा
राेल्पा नगरपालिका वडा नम्बर ४ तित्रीकोटकी १५ वर्षिय करुणा थापा बेपत्ता भएको एक वर्ष बित्न लाग्दा समेत सम्पर्कमा आएकि छैनन।

बाल कल्याण नमुना माध्यमिक विद्यालय लिबाङमा कक्षा ६ मा पढदै गरेकी करुणा गत वर्ष बेपता भएकी हुन। अहिलेसम्म परिवार र आफ्नतकाे सम्पर्कमा आएकि छैनन। बुवा नम बहादुर थापा र आमा शान्ति थापा छाेरी हुन। उनी बिगत एघार महिना देखि घरपरिवार बाट सम्पर्क बिहिन रहेकोे करुणा कि आमा शान्ति थापाले बताइन।

हराएकि किशाेरी

करुणाका बुवा नम बहादुर थापाले बहुबिवाह गरेपछि आफुलाई घर व्यवहार चलाउन अप्ठ्यारो भएकाे भनी  छाेरीकाे लालन पालन शिक्षा दिक्षा तथा घरधन्दा र घरायसी ऋण तिर्न लगायतका खर्च धान्न हम्मेहम्मे भएपछि शान्तीले अन्ततः वैदेशिक रोजगारीमा तय गरेर त्यसपछी छाेरीलाई माइतीघर लिबाङमा राखेर आफू विदेशीएकाे शान्ति बताउछिन।

करुणाकाे आमा शान्तिका अनुसार गत सालकाे तिजकाे समयमा मामाघर सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर स्थित मामा प्रेम बिष्टकाे घरमा रहेकि करुणा एक्कासि बेपत्ता भएकी हुन। उनकि आमा शान्ति भने अहिलेे पनि वैदेशिक राेजगारकाे लागि विदेशमै छिन। उनी विदेश गएकाे करिब तीन वर्ष पुग्नै लाग्दा करुणा हराएकी हुन। र उनका बुवा नम बहादुर भने बहुविवाह गरेर आफू र छाेरीलाई कुनै वास्ता नगरेकाे शान्तिले बताइन।

हराएकि किशोरी

छोरीको खोजी कार्यकोलागी गाउँ समाज आफन्त इस्ट मित्र साथै आफुले चिनेजानेको जतिसबैमा सोधपुछ गरिसकेको भएपनि कहि कतैबाट केही खबर नपाउदा कसैले मारिदियाे कि भन्दै भक्कानिएर रुदै जनसहारा अनलाइन संग बताइन।

अहिले एघार महिना बितिसक्दा पनि छाेरीकाे कुनै खबर नपाए पछि वैदेशिक राेजगारमा रहेकि करुणाकाे आमाले जनसहारा अनलाइनलाई अनुराेध गरेपछि फेरि खाेजि कार्यका लागि प्रयास गरिएको छ। गत वर्ष नै खाेजिकार्यका लागि इलाका प्रहरी कार्यालय सुलिचौरलाई दिएकाे जाहेरीका आधारमा जनसहारा अनलाइनले राेल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटालाई ध्यानाकर्षण गराएकाे छ। जनसहारा अनलाइन संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो;`आफू राेल्पा नआउदैकाे घटना भएको र अहिले सबै प्रहरी युनिटका कर्मचारीहरु पनि अन्यत्र सरुवा भई नयाँ आएकाे हुदा याे घटना बारे प्राय सबै युनिटहरु त्यति जानकार नभए पनि आफ्नाे तर्फबाट सबै क्षेत्रलाई निर्देशन गर्ने बताउदै जिल्ला प्रहरी कार्यलयलाई निर्देशन दिइसकेको बताउनु भयाे।´

त्यस्तै सनिलस्मृति गाउँपालिका वडा नम्बर ४ अध्यक्ष गंन्ज क्षेत्रीले जनसहारा अनलाइन संग कुरा गर्दै आफुले बेपत्ता भएकि करुणाकाे मामा प्रेम बिष्ट संग भेटगरि खाेजिकार्यका लागि सबै जुटने बताउनु भएकाे छ। आफ्नै क्षेत्रकाे घटना भएकाे हुदा आफुले नि सकेसम्मकाे प्रयास गर्ने र फेरि यस्ता घटना समाजमा नदाेहाेरिउन भन्ने उद्देश्यले पनि हराएकि किशाेरीकाे बारेमा गम्भीर भएर सबैलाई आ-आफ्नाे क्षेत्रबाट सहयाेग गर्न पनि अनुराेध गर्नुभयाे।

हराएकि किशोरी

कहिकतै भेटाउनु वा देख्ने जाे काेहिले पनि हराएकि किशोरीकाे मामा प्रेम बिष्ट ९८४७९६३४९३, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गंन्ज क्षेत्री ९८५७८२२८००, इलाका प्रहरी कार्यालय सुलिचौर ०८६४०१०२० नजिककाे प्रहरी कार्यालय वा प्रहरी हटलाइन नम्बर १०० मा सम्पर्क गरिदिनुहुन आग्रह गर्दछौ।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार