असार २३ राेल्पा – गंगादेव गाउपालिकालाई एक कार्यक्रम बिच पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।

गंगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तीको अध्यक्षतामा भएकोमा कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेकोे थियो भने बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियो । कार्यक्रममा सातवटै वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु लगायत स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको बताउनु भएको छ । गाउँपालिकाका सबै वडाबाट आधारभुत सेवा प्रवाह गर्न गाउँपालिकाले ठुलोमात्रामा लगानी गरेको बताउनु भएको छ । उहाँले कुनै पनि स्वास्थ्यकर्मिले गाउँपालिकासंग समन्वय नगरी अमुख व्यक्तिको निर्देशनमा गतिविधि गरेको पाइएमा कारबाही गरिने चेतावनी दिनु भएको छ ।

वडा नम्बर ३ मा रहेकाे आधारभुत स्वास्थ्य केन्द्र कुकुरगारे कुनै व्यक्तिको गोदाम घर नभएकोले कथित समाजसेवीहरु देखि सचेत रहन निर्देशन दिनु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रिता घर्तीले गाउँपालिकालाइ पुर्ण खोप सुनिश्चितता घोषणा गर्न स्वास्थ्यकर्मीले खेलेको भुमिका प्रती धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाले कोभिडको लहर अझै बाँकी रहेकोले उच्च मनोबलका साथ काम गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।कार्यक्रमको सञ्चालन गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तनले गर्नु भएको थियो ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार