असार १६ रुकुम पश्चिम – राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेेेेेकाे आराेपमा प्रहरीले विद्यार्थी संगठन माथि कुटपिट गरेकाे छ ।

प्रहरीले हानेकाे चाेट

संयुक्त विद्यार्थी संगठनले सदरमुकाम मुसीकोट खलंगामा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो । संसद विघटनको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एमालेको नेपाल समुहको अनेरास्ववियू र विप्लब नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संयुक्त रुपमा पुत्ला दहन गरेका हुन् ।

प्रहरीले बिद्यार्थीहरु माथि लाठी प्रहार गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा लगायत अनेरास्ववियूकी केन्द्रीय सदस्य भावना शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरा सहित १५ जना बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले हानेकाे चाेट

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशिल बिष्ट लगायत केन्द्रीय सदस्य सुन्दर शर्मा, नारायण केसी, बिशाल बिष्ट र सोमपाल कामी घाईते भएको अखिल क्रान्तिकारीले जनाएको छ । उनिहरुलाई टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको बताईएको छ । पुत्ला दहनमा सहभागि भएका बिद्यार्थीहरुलाई प्रहरीले लाठी प्रहार गरी नियन्त्रणमा लिएको हाे ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार