जेठ २३ काठमाडौ – अर्थ मन्त्रालयले राेल्पा अस्पताल र सल्यान अस्पतालकाे लागि थप बजेट स्वीकृत गरेकाे छ।
यी दुई अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि २ कराेड ३० लाख बजेट स्वीकृत भएकाे हाे ।

अर्थ मन्त्रालयका अनुसार राेल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र सल्यान अस्पतालमा अक्सिजन प्लान्ट सहित एचडियु जडान हुनेछ। राेल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ७५ लाख र सल्यान अस्पतालका लागि अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख र एचडियु जडानका लागि ८० लाख गरि जम्मा २ करोड ३० लाख रकम स्वीकृत भएको छ। ।

गत बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा एचडियु जडानका लागि बजेट निकासा गरिदिन भनि अर्थ मन्त्रालयलाइ पत्राचार गरेकाे थियाे । साेहि आधारमा आइतबार अर्थमन्त्रालयले स्विकृत गरिदिएकाे बताएको छ।

जनहितमा जारी सन्देशि

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार