जेठ २० मोरङ – केरावारी गाउँपालिका-३ का ३२ वर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

जनहितमा जारी सन्देश

उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका.-३ का ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-१ का १९ बर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । उनीहरू पक्राउ परेसंगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनिहरुले जंगलको ओढार मुनी लुकाई छिपाई राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार