जेठ १० काठमाडाैं – नेकपा एमालेले संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने १४६ मध्येका एमाले तर्फका थप १२ जनालाई स्पष्टीकरण साेधेकाे छ।

जनहितमा जारी सन्देश

स्पष्टीकरण सोधिएका नेताहरु मध्ये घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन,मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्। सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेको वक्तव्यमा उल्लेख छ।

एमालेद्वारा सार्वजनिक वक्तव्य

त्यसैगरी स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन पनि फिर्ता लिने तथा सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको पनि बताइएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार