जेठ ९ संखुवासभा – जङ्गली विषालु च्याउ खादा एक बालिकाकाे मृत्युु भएकाे छ भने एकै परिवार नौ जना बिरामी परेका छन।

संखुवासभाकाे सिलिचोङ गाउँपलिका– ५ याफुमा गत शुक्रबार जंगलबाट ल्याएको जंगली च्याउ खाँदा बिरामी परेका सबैलाई उपचारको लागि संखुवासभा जिल्ला अस्पतालमा सम्भव नभए पछि सबैलाई सुनसरी स्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियाे। त्यहि नै बिरामी परेकी ११ वर्षीया रोजिना राईको उपचारको क्रममा मृत्यु भएको हाे।

च्याउ खाएर बिरामी भएका सबैकाे किड्नी र कलेजोमा गम्भीर समस्या रहेका अस्पताल स्रोतले बताएको छ। सामान्य परिवारका उनीहरुकाे आर्थिक अवस्था कमजाेर रहेकाे हुदा उपचार खर्चकाे लागि सबै सहयाेगकाे अपिल गरिएकाे छ।

सहयाेगकाे लागि अहिले देशविदेशमा रहेका सहयाेगी मनहरुबाट सहयाेग रकम आउने क्रम सुरु भएकाे छ। सहयाेग गर्न चाहनेले Nabil bank मा रहेकाे Account number-151001750631 खातावालाकाे नाम Prakash rai मा जम्मा गरिदिन आग्रह गरिएकाे छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार