जेठ ९ काठमाडौ – नेपाल सरकारका पुर्व सचिव भीम उपाध्यायले जनताको प्रतिनिधि संस्था संसदबिहीन बनाएर मुलुकमा एकपछि अर्को दुर्घटनामाथि दुर्घटना निम्ताउन मनपराउने र राज्य आतंक बढाउदै लैजाने ‘रोगी’ धुन्दकारी प्रम र राष्ट्रपतिलाई राज्यद्रोहको अभियोग लगाएर बुढेसकालमा काराबास कोच्नुपर्ने दिन आउने पक्का भएकाे बताए छन।

सामाजिक संजाल फेसबुक मार्फत उपाध्यायले दलभित्रको नेता नेताबीचको रिस र ईखले मुलुकलाई बर्बादीको बाटोमा धकेलिदिएको कारण अब राष्ट्रपति विद्या र प्रधानमन्त्री ओलीनै पहिलो जिम्मेवार र दोषी सिद्ध हुनेछन् भनी उल्लेख गरेका छन।

जनहितमा जारी सन्देश

उपाध्याय लेख्छन्; प्रम र राष्ट्रपति मिलेर मुलुकलाई पूरै द्वन्द र टेन्सनमा जाकेका छन्। जनता आतंकित हुन पुगेको यस्तो भयंकर कोरोनाको कहरमा राज्यका राजनीतिक, सामाजिक ब्यक्तित्व, संसद, बुद्धिजीबी सबैसंग मेलमिलाप र सहकार्य गर्न नसक्ने क्षमताहीन मान्छेहरूलाई यस्तो जिम्मेवारीको पदमा राख्न र रहिरहन कुनै हालतमा हुदैन। जनताको प्रतिनिधि संस्था संसदबिहीन बनाएर मुलुकमा एकपछि अर्को दुर्घटनामाथि दुर्घटना निम्ताउन मनपराउने र राज्य आतंक बढाउदै लैजाने ‘रोगी’ धुन्दकारी प्रम र राष्ट्रपतिलाई राज्यद्रोहको अभियोग लगाएर बुढेसकालमा काराबास कोच्नुपर्ने दिन आउने पक्का जस्तो छ। यो तिनको भयंकर ठूलो ऐतिहासिक अपराध हो।
नेपालको अहिलेको राजनीति र नेताहरू सबैजसो पूरै विफल भएका कारण यिनमा यस्तो मनपरि गर्ने ऑट बढ्दै गएको पनि हो। तर, दलभित्रको नेतानेताबीचको रिस र ईखले मुलुकलाई बर्बादीको बाटोमा धकेलिदिएको कारण अब राष्ट्रपति विद्या र प्रम ओलीनै नं १ जिम्मेवार र दोषी सिद्ध हुनेछन्। मुलुकलाई यस्तो बर्बादीमा फसाएकोले यी दुई सर्बोच्च पदाधिकारीले जनताबाट ठूलो सजाय भोग्नुपर्ने निश्चित जस्तो छ। सारा राजकीय संस्थाहरू पूर्ण ध्वस्त पार्दै समाजलाई द्वन्दमा घसिटिएर मुलुक चलाउने सोच्नु आगोसंग खेल्नु हो, खेलाची हुदैन। तिनले आफ्नो बुढेशकालको ख्याल गरून् र तुरून्तै जनतासंग माफ मागेर बहिर्गमन गरून्।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार