जेठ ७ काठमाडौं – प्रधानमन्त्रीकाे लागि दाबी अपुग रहेकाे भन्दै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै बसेकाे मन्त्रीपरिषद बैठककाे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणासंगै चुनाबको घोषणा गरेकी छिन्।

शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनसगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी हुन। मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने निर्णय गरेको थियो।

जनहितमा जारी सन्देश

मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद् विघटनको सिफारिस गरेको हो। उपधारा (५)बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ। उपधारा(५)मा प्रधानमन्त्रीमा कुनै दलको बहुमतको सरकार वा दलहरूबीचको संयुक्त बहुमतको सरकार बन्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेपछि निजले विश्वासको मत लिन नसकेमा संसद्‌मा बहुमत पुर्‍याउन सक्ने आधार प्रस्तुत गर्ने सांसदलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ; राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ:”नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम … नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ।”

विज्ञप्ति

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार