जेठ ६ माेरङ – हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा दुई जना पुरुष सहित एक महिला गरि तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

बिहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ वर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

जनहितमा जारी सन्देश

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो ।

त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको छ ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार