जेठ ५ काठमाण्डौ – पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान उनकै निवासमा निधन भएकाे हाे।

नेपाल प्रहरीमा रासन , भवन र भव पोसाकको व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउने श्रेय बराललाई न‌ जान्छ । त्यसैले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ । विसं १९८५ साल वैशाख ५ मा पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको हो । उनी २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बनेका थिए । त्यस लगत्तै अवकाश पाएका उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासी नेपाली राजदूत भएका थिए ।

जनहितमा जारी सन्देश

यसका अतिरिक्त उनले इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो–चाइना लाओस, कम्बोडिया र भियतनामका लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गरेका थिए । बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनीत सांसद भएका थिए । सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक) को प्रमुख सम्पर्क अधिकृत भए ।

बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन् । साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएता पनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरीक्षक जिम्मेवारी सम्हालेका थिए। उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार