जेठ ५ मकवानपुर – लागुऔषध गाँजा सहित तिनजनालाई प्रहरीले पक्राउ गरेकाेे छ। यति ठुलो परिणाममा लागुऔषध फेला पारे संगै प्रहरीलाई ठुलो सफलता मिलेकाे छ।

प्रहरीले बरामद गरेकाे लागुऔषध गाँजा

साेमबार बिहान करिब ६:०० बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिषेश टोलिले प्राप्त गरेकाे बिशेष सूचनाको आधारमा मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १ त्रिभुवन राजपथ सडक खण्डमा नामटार तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना २ ख ९८६२ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त लागुऔषध प्रहरीले फेला पारेकाे हाे।

जनहितमा जारी सन्देश

ट्रकको क्याभिन भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा लागुऔषध गाँजा १ क्विन्टल फेला परेको हाेे। उक्त लागुऔषध गाँजा ढुवानी रहेको ट्रक सहित ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षिय आईते बहादुर ठाडामगरलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा यहि लागुऔषध किनबेच तथा ओसारपसारमा संलग्न रहेका मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. १ बाट भिमफेदी गाउँपालिका वडा नं. ९ बस्ने ४१ वर्षिय ऐक्ला भन्ने राज कुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका वडा नं. १० बस्ने ३६ वर्षिय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार