बैशाख ३१ पाल्पा – मगर संसार(magar sansar) photo gallery ग्रुप/पेज भित्र यही नयाँ वर्ष २०७८ सालको अवसरमा खेलाईएको सिप मुलक भिडियो प्रतियोगितामा स्पोन्सर बाट उठेको रकम मध्य पुरस्कार दिएर बाचेको रकम मृगौला पिडितलाई सहयाेग गरिएको छ।

सामाजिक संजाल फेसबुक ग्रुप मार्फत उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे। विगतका दिनहरुमा पनि यस्तै कार्यक्रम संचालन गरि सामाजिक काम गर्दै आएकाे ग्रुपकाे याेे ६७अौ सहयाेग कार्यक्रम हाे। एडमिनको निर्यण अनुसार पाल्पा जिल्ला टिनाउ -६ हाल भैरहवामा उपचार गरी राख्नु भएका १७ बर्षीय दुबै मृगौला पिडित हरि राना मगरलाइ नेपाल मगर महिला संघ तिलोत्तमा की अध्यक्ष राधिका श्रीस पुनमगरले रू.१०,०१०/- सहयोग रकम हस्तांतरण गरेकी हुन

जनहितमा जारी सन्देश

घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा लाखौ रुपिया लाग्ने भएपछि आर्थिक सहयोगको लागि परिवारले सबै सामु अपिल गरेको थियो। बिशेष गरि सिप मुलक भिडियो प्रतियोगितामा स्पोन्सर गर्नुहुने सहयोगी मनहरुमा आभार ब्यक्त गरेकाे छ।

पुरस्कार सौजन्य गरी सहयोग गर्नुेेेेेेेेहरुकाे नामावली यसप्रकार छ;
१) डी.के बुढा मगर – पूर्व रुकुम ,तकसेरा हाल अमेरिका
रू.१०,०००/-
२)जेनिसिस थापा मगर – तनहूँ हाल बहराइन
रू.५,०००/-
३) मन बलाल मगर – कालीगण्डकी – ५, गुल्मी हाल कोरिया
रू.५,०००/-
४) गोकर्ण थापा मगर – बिरूवा- ४, स्याङजा हाल कोरिया
रू.५,०००/-
५) दोनु सारू मगर – देवदह -३,रूपनदेही हाल कोरिया
रू.३,०००/-
६) दिपेश बुढा/देवी बुढा मगर – दैलेख कर्णाली प्रदेश
रू.४,०००/-
७) सागर थापा मगर – हरिनास – ४,स्याङजा हाल कोरिया
रू.२,५००/-
८) तूल प्रसाद पुनमगर – गल्कोट-११,रिघा,बागलुङ हाल जापान रू.५,०००/-
९) बसन्त आले मगर – भिमाद -५, तनहु हाल कोरिया
रू.५,०००/-
१०) हिमाल बुढा मगर – रोल्पा, थवाङ हाल पोर्चुगल
रू.५,०००/-
११) सूर्य झेंडी मगर – भिमाद-९ तनहु हाल कोरिया रू.१०,०००/-
१२) होटल सिरु ktm नया बस पार्कका सञ्चालक लिला ब.ठाडा मगर घर नवलपुर कावासोती रू.५,०००/-
१३) बिल पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण हाल लण्डन,U.K रू.५,५८६/-
१४) रन्जिता थापा मगर (गायिका) – तनहु देवघाट हाल ktm रू.४,०००/-
१५) सुरेश बुढा मगर – अध्यक्ष: नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया,घोराही-१२, बडहरा – दाङ रू.३,०००/-
१६) कुल सारू मगर – धरान हाल मलेशिया रू.२,६५२/-

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार