बैशाख २४ उदयपुर – पछिल्लो समय सामाजिक संजाल टिकटक माेह दिनप्रतिदिन बढदै गएको छ। छाेटाे समयमै आफ्नो चर्चा बटुल्न प्रयाेगकर्ता जाेखिम माेलेरै भिडियो बनाउने गरेकाे पाइन्छ। त्यहि माेहले एक युवकको ज्यान गएकाे छ। कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर ती युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान-५ का १८ वर्षीय सुभास परियार रहेका छन। धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो गाडी शुक्रबार बिहान करिब ११ बजे हर्देनी भीरनजिक बिग्रिएको थियो। सोही सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकाा थिए।

जनहितमा जारी सन्देश

घाइते परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार