बैशाख २० रोल्पा – त्रिवेणी गाउँपालिकामा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाटआज परीक्षण गर्दा २४ जनामध्ये १० जनामा संक्रमणको पुष्टि भएको हो ।

जनहितमा जारी सन्देश

केही विरामीमा मिल्दोजुल्द लक्षण देखिए पछि जनप्रतिनिधि,कर्मचारी र स्थानीयवासीहरुमा परीक्षण गरिएको हाे। संक्रमणको जोखिम बढेपछि गाउँपालिका भित्रका अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

गाउँपालिका भित्र एम्बुलेन्स सेवा, स्वास्थ्य संस्था, फार्मेसी बाहेकका अन्य गाडी चल्न रोक लगाइएको छ । अत्यावश्यकीय खाद्यान्न, पसलहरु बिहान ७ बजेदेखि ८ बजे र दिउँसो ४ बजेदेखि ५ बजेसम्म मात्रै खुल्न पाउनेछन्

त्यसैगरी मान्छेकाे भिडभाड हुनेगरी विवाह तथा अन्य धार्मिक कार्यहरु,खेलकुद, गाेष्ठी, सभाजस्ता सबै क्रियाकलाप पुर्णरुपमा बन्द गरिएको गाउँपालिकाले बताएको छ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार