बैशाख १९ सोलुखुम्बु – सोताङ गाउँपालिका-१ बाट तिन थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुराकीको आधारमा शनिवार बेलुका पावै सामुदायिक जंगलबाट तिन थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएकाा गिरीलाई प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार बरामद गरेकाे छ।

जनहितमा जारी सन्देश

उक्त घटनामा अन्य चार जनाको समेत संग्लग्नता रहेको अनुसन्धानबाट खुलेकाे छ। ती चार जनाकाे खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार