बैशाख १८ जाजरकोट – जिल्लाको भेरी नगरपालिकाले १४ शैयाकाे आइसोलेसन वार्ड तयार पारेको छ । नगर क्षेत्र भित्र कोरोना भाइरसको संक्रमण रोक्न र सावधानी अपनाउनका लागि १४ शैयाको आइसोलेसन वार्ड तयार पारिएको हो ।

जनहितमा जारी सन्देश

लक्षणसहितका विरामीलाई राख्नका लागि सो आइसोलेसन तयार गरिएको नगरपालिकाको कोभिड फोकल पर्सन जनस्वास्थ्य निरीक्षक निशा थापाले जानकारी दिनुभयो । हाल सम्म एक जना मात्र संक्रमित राखेर स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ । उहाँले भन्नुभयो जसका लागि आइसोलेसनमा एक जना सहयोगी सहित तीन जना स्वास्थ्यकर्मी खटाइएको छ ।

विश्व माहामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमण हुन नदिन भेरी नगरपालिकाले आवश्यक तयारीलाई तिब्रता दिएको छ । साथै नगरका विभिन्न ठाउँमा हेल्थ हेल्प डेष्क स्थापना गरेर चेकजाँच तथा परामर्श गर्ने गरिएको फोकल पर्सन थापाले बताउनु भयो । नगरपालिकाको केन्द्र सँगै भेरी नगरपालिकाको वडा नं ४ बसपार्क र वडा नं १ रिम्नामा स्वास्थ्य सहायता कक्ष निर्माण गरेर आवश्यक परामर्शका साथै स्वास्थ्य साम्रागीहरु वितरण गर्ने गरिएको छ ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार