बैशाख १७ काठमाडौ – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा `प्रभाकर´ले काेरना भाइरस नियन्त्रण गर्नका लागि सरकारलाई सुझाव सहित ध्यानाकर्षण गराएका छन।

सामाजिक संजाल फेसबुक मार्फत पुर्व उर्जा मन्त्री र गृह मन्त्री समेत भइसकेेेका शर्माले यस्तो भयावह स्थिति भइसक्दा पनि सरकारले त्यति गम्भीरताका साथ नलिएकाे भन्दै ६ बुदे ध्यानाकर्षण गराएका हुन। प्रभाकरले देशका कतिपय स्थानमा अहिलेकाे अवस्था हेरेर अत्यावश्यक स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी सक्रिय तथा थप परिचालन गर्नु पर्ने बताएका छन।

प्रभाकरकाे सुझाव सहित ध्यानाकर्षण साभार;

महामारी बारे सरकारकाे ध्यानाकर्षण ।।
कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको छ । डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक छ ।

देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु ।

१) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७०% कोभिड उपचारको लागि छुट्याउने ।

२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि(Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।

६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००% जोखिम भत्ता उपलब्ध गराउने ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार