बैशाख १६ बुटवल — लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार सांसद निलम्बनमा परेका छन। बिहीबार सार्वजनिक गरिएको जसपा संसदीय दलको पत्रमा सार्वजनिक गरिएको छ।

गत चैत २६ को बैठकमा प्रदेश सरकार र मन्त्रीपरिषदमा विश्वास छैन भनि गरिएको निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्दै बैशाख ७ गते जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका थिए । पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेको भन्दै ती चार जना सांसदमाथि कारबाही सुरु गरिएको थियाे।

जसपाद्वारा सार्वजनिक सुचना

निलम्बन हुनेमा प्रदेश सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं.३(१) बाट निर्वाचित सदस्य भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेय,बाँके क्षेत्र नं.२(१) बाट निर्वाचित सदस्य भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव,समानुपातिक बन्दसूचीबाट निर्वाचित सदस्य भौतिक पूर्वाधार विकास मन्त्रालय राज्यमन्त्री सुमन शर्मा रायमाझी र शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे निलम्बनमा परेका हुन। निलम्बित सांसदहरुलाई बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलले मर्यादा र पद बचाउन आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टा मै मन्त्रालयकाे जिम्मेवारी दिएका थिए।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार