बैशाख १४ राेल्पा – गंगादेव गाउँपालिकामा एक साताका लागि सिल गरिएको छ। कोभिड १९ को दोस्रो लहरले विश्व व्यापी संगै गंगादेव गाउँपालिमा पनि केही दिन यता संक्रमण बढदाे रुपमा रहेकाे भन्दै पालिकाले आज १४ देखि २० गते सम्म लागू हुने गरि  गरेकाेे हाेे।

जनहितमा जारी सन्देश

यस अघि केही कर्मचारी र बजारबासीलाई संक्रमण देखिएपछि वडा नम्बर २ लाई मात्रै सिल गरिएको थियाे। तर अन्य वडा तथा नाका क्षेत्रमा मानिसकाे चहलपहल बढदाे रहेकाे हुदा थप जाेखिम हुन सक्ने भन्दै पालिका नै सिल गर्नु परेकाे गाउँपालिकाले बताएको छ। सरकारले यस अघि नै सबै स्थानीय तहहरुलाई आफ्नाे क्षेेेेेेेेेत्रभित्रकाे अवस्था अनुसार जुनसुकै बेला पनि निषेधाज्ञा गर्न गराउन भनी निर्देशन दिइसकेको हुुदा तत्कालीन अवस्था हेरेर सतर्कता अपनाउने गरि सिल गरेकाेे गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको भनाइ छ।

स्वास्थ संघ संस्था र एम्बुलेन्स सेवा भने बन्द नहुने र नाकाहरुमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेकाे गाउँपालिकाले बताएको छ। त्यसैगरी गंगादेव गाउँपालिकाकाे फेसबुक पेज मार्फत पनि सुचना सार्वजनिक गरिएकाे छ। सुचनामा भनिएको छ; `मानिसको जन ,धन ,जनजीवन प्रभावित बनाइरहेको सबैमा अबगत नै छ । कोभिड १९ मानिसको भिडभाड ,विभिन्न ठाउँबाट आवत जावत, मानिसको लापरबाहीबाट सर्ने उच्च जोखिम रहेकाले गंगादेव गाउपालिका भित्रका स्वास्थ्य ,एम्बुलेन्स बाहेक सम्पुर्ण कार्यालय ,यातायात ,विद्यालय ,बजार र गाउपालिकाका सबै सिमा नाकाहरु मिती २०्७८ बैशाख १४ गते देखि २० गते सम्म पुर्ण रूपमा बन्द रहने गाउपालिका अध्यक्ष वीर बहादुर खत्री ज्युको आदेश अनुसार जानकारी गर्द छु । साथै स्वास्थ्य मापदण्ड पालन गर्न ,गराउन र सिमा नाकाहरुमा कडाइ गर्न जनप्रतिनिधि ,सुरक्षा कर्मी ,आमनागरिक सरोकारवाला सबैमा अपिल गर्द छु ।

याे पनि पढनुस्;

गंगादेव गाउँपालिकामा पनि अनिश्चितकालका लागि सेवा बन्द

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार