बैशाख १२ राेल्पा – काेभिड १९ काे संक्रमण तिब्र रुपमा बढिरहेको बेला गंगादेव गाउँपालिकाले पनि कार्यालयको सेवा प्रवाह बन्द गरिएको बताएको छ।

गाउँपालिकाद्वारा सार्वजनिक सुचना

हाल तिब्र रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणको अबस्थामा गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु र गाउँपालिका कार्यालय नजिक बजार क्षेत्रका केही मानिसमा भाइरसको संक्रमण पुष्टि भएकाले गाउँपालिका कार्यालयबाट दिने सेवाहरु बन्द गरिएको हाे। तर वडा नम्बर २ भित्रका स्वास्थ्य संस्थाबाट भने सेवा निरन्तर दिइरहने बताइएको छ।

अन्य सम्पुर्ण सेवाहरु सोमबार १३ गतेदेखी लागू भई अर्काे सुचना नभए सम्मका लागि सबै सेवा ठप्प रहनेछन। पालिका क्षेत्रभित्र पर्नेे बजारहरु पनि पुर्णरुपमा सिल रहने गाउँपालिकाले समाजिक संञ्जाल फेसबुक मार्फत सुचना सार्वजनिक गरेकाे छ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार