बैशाख १२ काठमाडौँ — कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेकोले वैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी संघीय मामिला मन्त्री गणेश ठगुन्नाले ​बताए । हाल चालु रहेका र पछि तय भएका परीक्षा स्थगित गर्ने निर्णय कार्यान्वयनका लागि सरकारले आवश्यक निर्देशन दिने पनि मन्त्री ठगुन्नाले बताए । तर कहिले सम्म स्थगित भनिएकाे छैन अर्काे निर्णय नहुदा सम्म स्थगित नै गर्नुपर्ने बताइएको छ।

जनहितकाे लागि जारी सन्देश

यस अघि नै मन्त्रिपरिषदले अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ। दैनिक देशभरका काेराेना रिपोर्ट अनुसार अवस्था भयावह र नियन्त्रण भन्दा बाहिर जान थालिसकेको हुदा यस्तो निर्णय गर्नुपरेकाे सीसीएमसीकाे निष्कर्ष छ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार