बैशाख १२ राेल्पा – त्रिवेणी गाउँपालिका अन्तर्गतका विद्यालयहरु (काेभिड १९)काेराेनाकाे कारणले गर्दा वार्षिक परीक्षा बैशाख १९ गतेबाट संन्चालन गरिने भएकाे छ। यश अघि जेठ २३ गते बाट गर्ने भनिएकाे भएपनि बार्षिक परिक्षाहरु बैशाख १९ गते बाट संन्चालन हुने भएकाे हाे।

केही दिन यता संक्रमित मृतक संख्या समेत देश भरमा बददाे क्रममा रहेकाले यस त्रिवेणी गाउँपालिकामा पनि काेराेनाकाे संक्रमण बद्ने अबस्था र परिस्थिति जटिल हुने भएकोले गर्दा जेठ २३ गतेबाट संन्चालन हुने भनिएकाे विद्यालयहरुकाे बार्षिक परिक्षाहरु बैशाख १९ गते देखि २ समय तालिकामा परिक्षाहरु संन्चालन गरिने गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिनुभएकाे छ।

त्यस्तै कक्षा ६,७ र ९का विद्यार्थी भाईबहिनीहरुले बिहान ८ बजे देखि ११ बजे सम्म र कक्षा १,२,३,४,५ र ८ का विद्यार्थी भाईबहिनीहरले दिउँसो १ बजे देखि ४ बजे सम्म परीक्षा दिने अध्यक्ष वलीले बताउनु भयाे। त्यस्तै त्रिवेणी गाउँपालिका राेल्पामा पनि १/२जनालाई काेराेणा पाेजेटिभ देखिएकाेले गर्दा संक्रमणकाे संख्या यहि गतिमा बदर्दै गएमा केही दिनमै संक्रमणकाे संख्या नियन्त्रण बाहिर जान सक्ने अवस्था भएकाेले गर्दा विद्यालयका वार्षिक परिक्षाहरु ताेकिएकाे समय भन्दा अगाडि गर्न लागिएको शिक्षा शाखाका प्रा,श लिला घर्तीले बताउनु भएकाे छ।

१९ गते देखि संन्चालन हुने बार्षिक परिक्षाहरुमा आ.वि र मा.वि गरि जम्मा ७ सय २९ जना विद्यार्थी भाईबहिनीहरुले परिक्षामा सहभागी भएर परीक्षा दिने छन।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार