बैशाख ७ दाङ  –  माइक्रो बस र मोटरसाइकल एक आपसमा ठाेकिदा ठक्कर एक जनाकाे मृत्यु भएको छ भने दुई जना घाइते भएका छन।

मंगलबार बेलुका करिब साढे ५ बजेतिर सीतापुरबाट तुलसीपु तिर आउदै गरेकाे रा५प ५६०४ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको माइक्रोबस बबई गाउँपालिका ६ पञ्चकुलेको ओरालोमा ठाेेेेेेकिदा उक्त दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

डिएसपी सिंहका अनुसार मृत्यु हुनेमा माेटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षीय स्पर्श आचार्य रहेका छन। घाइते हुनेमा मृतक बालकका बुवा ३९ वर्षिय सुदिप आचार्य र आमा २८ वर्षिय पार्वता आचार्य रहेका छन। घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेहरुकाे अवस्था चिन्ताजनक रहेकाेे प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार