बैशाख ७ काठमाडौँ – काेराेना पीसीआर परीक्षण नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा काठमाडौकाे एक अस्पतालका डाक्टर पक्राउ परेका छन।

पक्राउ पर्नेमा सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंह रहेका छन। उक्त ल्याबमा छापा मारि परीक्षण नगरेरै नेगेटिभ नतिजा उल्लेखित चार प्रति नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरिएकाे छ । नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि सिंहलाई पक्राउ गरिएको हाे।

पीसीआर परीक्षण गर्न सरकारले २ हजार अधिकतम मूल्य तोकेको छ । तर, उक्त ल्याबले दुई घण्टा भित्रमा रिपोर्ट तयार पारी नौ हजार सम्म शुल्क लिने गरिएको पाइएको महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार