बैशाख ५ सिरहा — काकीलाई बोक्सी भन्दै कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाएको आरोपमा औरही गाउँपालिका–५ का एक युवालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा २९ वर्षीय घुरन शाह रहेका छन। उनले काकी ५० वर्षीया हिरादेवी शाहलाई बाेक्सी भनेर कुटपिट गरि मानव मलमुत्र खुवाएकाेे आराेप लागेकाे छ। शनिबार बिहान बोक्सीको आरोपमा जेठाजुका छोरा भतिज नाता पर्ने घुरन र बुहारीलगायतले कुटपिट गरी मलमूत्र खुवाएको जाहेरी हिरादेवीले जिल्ला प्रहरी कार्यालयमा दिएकाे आधारमा पक्राउ गरिएकाे घुरनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले बताए ।

केही लिन पहिले घुरनकाे गाई मरेपछि गाईलाई टुनामुना गरेर मारेको भन्दै आफूमाथि भतिज घुरनले हात समातेर कुटपिट गरेकाे र बुहारीहरूले जबर्जस्ती मानव मलमूत्र खुवाएकाे हिरादेवीले जाहेरीमा बताएकि छिन। सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राज भण्डारीले पीडित हिरादेवी साहको जाहेरीका आधारमा पक्राउ परेका घुरनलाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको एसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार