बैशाख १ राेल्पा – त्रिवेणी गाउँपालिकाकाे तेस्रो राष्ट्रपति रनिङशिल्ड सम्पन्न भएकाे छ। “राष्ट्रको लागि खेलकुद ,स्वास्थको लागि खेलकुद ” भन्ने मुल नाराका साथ सञ्चालन भएको त्रिवेणी गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मङगलवारका समापन गरिएको छ ।

उक्त रनिङ शिल्ड प्रतियोगिताको शिल्ड श्री सिद्ध रत्न माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ हान्जवाङले जितेको छ । उक्त विद्यालयले लगातार ३ वर्षनै शिल्ड कब्जा गरेको छ। विद्यालयले शिल्ड सहित नगद रु. ६ लाख ८० हजार पुरस्कार प्राप्त गरेको छ । विद्यालयले १८ स्वर्ण जित्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तै १६ स्वर्ण जित्दै श्री जन जागृति माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ जुगाँरले दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै ५ स्वर्ण जित्दै श्री अरनिको माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका २ नुवागाउ रोल्पाले तेस्रो स्थान हासिल गरेको छ । साथै त्रिवेणी गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरुमा उत्कृष्ट खेलाडी पनि चयन गरिएको छ । छात्र कबडी प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा श्री जन जागृति माध्यमिक विद्यालय जुगार रोल्पाका रोहित वि.क र छात्रा मा सोहि विद्यालयकि आलिया आग्रि , एथलेटिक्स प्रतियोगिताको उत्कृष्ट खेलाडीमा श्रि सिद्ध रत्न माध्यमिक विद्यालय रोल्पाका छात्रमा आशिष वली छात्रामा मिना खत्री र भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा छात्र तर्फ श्रि गोविन्द माध्यमिक विद्यालय त्रिवेणी ७ दुम्ला रोल्पाका सुदिप बुढाथोकी र छात्रा तर्फ श्रि अरनिको माध्यमिक विद्यालय त्रिवेणी गाउँ पालिका २ नुवागाउ रोल्पाकि जस्मति घर्ती मगर चयन भएका छन ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार