चैत ३१ राेल्पा – गंगादेव गाउपालिका रोल्पामा कार्यरत कर्मचारीहरु द्वारा ब्रेन ट्युुुमर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण

गंगादेव गाउपालिका रोल्पाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले रु ५५,९५५/- रकम बिरामी नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई गाउपालिकामा बोलाएर हस्तान्तरण गर्नु भएको हो । सहयोग गर्ने हरुमा कार्यालय प्रमुख शालिकराम बस्नेत रु ५,०००/- प्राबिधिक शाखा प्रमुख रमेश डागी रु५५५५-/ आ.ले.प शाखा प्रमुख उदय प्रकाश वली रु ५५५५/- कार्यक्रम शाखा प्रमुख सुशील वली रु ५,५५५/-स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्ती रु ५५५५/-पञ्जिकरण सायक तिलक राज वली रु ३५५५/- प्रेस सयोजक अशोक वली परिवर्तन रु ३१००/-भेटेरेनरी शाखा प्रमुख कमल राज पुन रु २५२५/- प्राबीधिक अर्जुन राना रु २५५५/- प्रशासन शाखा प्रमुख पुष्पा पनेरु देवकोटा रु २५००/- सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वली रु२५००/- शिक्षा शाखा प्रमुख शेर बहादुर डागी रु १५००/- कार्यपालिका सदस्य लक्ष्मी बुढा रु २०००/- शिक्षा अधिकृत सीता देवि शर्मा रु १५००/- शिक्षा प्रास अंग बहादुर वली रु १०००/- खानेपानी शाखा प्रमुख बल बहादुर बस्नेत रु १०००/- रोजगार सयोजक खिमा पाण्डे रु १०००/- कम्प्युटर अपरेटर रन माया कुमारी चौधरी रु १०००/-महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी रु १०००/- गाउपालिका गाडी चालक प्रसाराम डागी रु १०००/- शिक्षा कर्मचारी हरि बहादुर खड्का रु ५००/- गरि जम्मा रु ५५,९५५/- रकम हस्तान्तरण गरिएको हो ।

पिडित नारायण भण्डारी

उक्त उपचारार्थ स्वैच्छिक सहयोग कलेकसनको लागि कार्यालयले प्रेस सयोजक अशोक वली परिवर्तनलाई जिम्मा दिएको थियो । सहयोग हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले नारायण भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै स्वैच्छिक सहयोगको लागि अन्य कर्मचारी लगायत सबैमा अपिल गर्नु भएको छ ।गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले व्यक्तिगत रु १०,०००/- बाल कृष्ण वली मार्फत हस्तान्तरण गर्नु भएको थियो । यसै क्रममा नारायण भण्डारीको आमा दुर्गा भण्डारीले गाउपालिकामा कार्यरत कर्मचारीले उपचारार्थ सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियाे।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार