चैत ३० चितवन – ट्याक्टर दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन। ​आइतबार बेलुका करिब साढे सात बजे राप्ति नगरपालिका –११ आंमपानीको चिउडे खोला नजिक अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हाे। मृृृतक र घाइतेहरुकाे सनाखत भइसकेकाेे छैन।

थाकलटारबाट भण्डाराका लागि छुटेकाे ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको छ। ट्याक्टरमा २५ जना मजदुर सवार रहेकाेे बताइएको छ। राप्ती नगरपालिका–११ को निर्माणाधिन वडा कार्यालय भवन ढलान गरेर मजदुर लियर फर्कने क्रममा दुर्घटना भएकाे हाे।

घाइतेहरूकाे उद्धार गरि उपचारकाे लागि भरतपुर अस्पताल, सिएमसी र सिएमएस अस्पतालमा लिएको छ भने त्यहा उपचार हुन नसक्नेहरुलाई बाहिर रिफर गर्ने तयारी भइरहेकाे राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार