चैत २२ सल्यान – भिरबाट लडेर एकजना पुरुषकाे घटनास्थलमै मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका वडानं ४ भेरीखोरका ४८ वर्षिय भिम बहादुर वली भिरबाट लडेर मृत्यु भएको हाे।

मृतक वली शनिबार आफ्नो साइँलो भाई हरिप्रसाद वलीको घरमा घरायसी कामकाे लागि चाख्ले भन्ने ठाउँमा गएको बताइएको छ। भाईकाे घरमा काम सकेर आफ्नो घर फर्कने भन्दै बेलुका करिब ६:०० बजे तिर फर्किएका थिए । तर उनी घरमा नआएपछि छाेरीले बुवा खाज्दै हरिप्रसादकाे घरमा गएपछि स्थानीयले खाेजि गर्दै जादा जनप्रेम सामुदायिक वनको झाँक्री सल्लाकाे भिरबाट लडेर मृत्यु भइसकेको अवस्थामा आइतबार बिहान शव भेटिएको वडा नम्बर चारका वडा अध्यक्ष नेब बहादुर खडकाले जानकारी दिए।

मृतक वलीकी श्रीमतीको दुई वर्ष पहिले नै मृत्यु भइसकेकाे हुदा उनका छाेराछाेरी बिचलित अवस्थामा रहेकाा छन। उनका १२ वर्षिय र ५ वर्षिय दुई छाेरी र ११ र ८ वर्षिय दुई छाेरा गरि चार भाईबहिनी छन। आमा बुवाकाे मृत्यु पछि अभिवावक बिहिन भएका ती चार सन्तानको लालनपालनकाे लागि वडा अध्यक्ष खडकाले आग्रह गरेका छन।

मृतकका चार छाेराछाेरी

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामकाे प्रहरी टोली पुगि घटना मुचुल्का गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा पठाईएकोछ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार