चैत ४ राेल्पा – गंगादेव गाउँपालिकामा लापा कार्यक्रमको एक दिने समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिता घर्ती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु र संघ संस्था लगायत सरोकारवालाहरुकाे सहभागीता रहेकोे थियो । उक्त कार्यक्रममा गत आ.व. योजनाहरुको समिक्षा गरिएको थियो । गत वर्ष अनुगमन र समन्वय प्रभावकारी नभएकोले यो वर्ष विशेष प्राथमिकता दिनु पर्नेमा सबै सहभागीले सुझाब दिएका छन ।

उक्त गोष्ठीमा कार्यक्रम लागू भएका १ र २ का जनप्रतिनिधि ,आयोजना सन्चालन गर्ने कार्यालयले समन्वय गरेर नयाँ कार्यक्रम बनाउदा अति बिपन्न ,गरिबहरुलाइ प्राथमिकता दिएर योजना बनाइ कार्यान्वयन गर्ने समझदारी भएको छ । उक्त योजना अनुगमनका लागि सम्बन्धित वडाका अध्यक्षको सयोजकत्वमा समिति बनाउने भएको छ। कार्यक्रमको सहजीकरण लापा कार्यक्रमका रबिन राइले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार