चैत ४ राेल्पा – गंगादेव गाउँपालिका ५ लोदचवरमा गरिबी निवारणका लागि लघु उद्यम विकासका लागि ८ दिने पहिलो चरणकाे तालिमको उदघाटन गरिएको छ।

वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागीको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य लक्ष्मी बुढा , वडा सचिव तुलाधर शर्मा ,गाउपालिका प्रेस सयोजक अशोक वली ,उद्यम बिकास सहजकर्ता दिपक मल्ल लगायत ४२ जनाको सहभागी रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले सीप सिकेर महिलाहरुलाइ आत्मनिर्भर बनाउनको लागि व्यवसायिक तालिमको आयोजना गरिएकोले यसको सहि सदुपयोग गर्नु पर्ने बताउनु भएको छ।

कार्यक्रममा उद्यम बिकास सहजकर्ता दिपक मल्लले तालिमको बारेमा जानकारी दिनु भएको थियो । गाउँपालिकाको आयोजनामा भएको तालिममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग रहेको छ । वडा नम्बर ५ का सचिव तुलाधर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सन्चालन गाउँपालिका प्रेस संयोजक अशोक वलीले गर्नु भएको थियो । तालिम १२ गते सम्म चल्ने गाउँपालिकाले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार