चैत ३ बाग्लुङ  –  फरकफरक थरमा दुई जिल्लाबाट तीन वटा नागरिकताको प्रमाण पत्र लिएका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

उक्त नागरिकताकाे आधारबाट सरकारी निकायहरुमा पेश गरी कतिपय सेवा लिइसकेको र केही प्रक्रियामै रहेका कागजात तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिएको कागजात पनि बरामद गरिएको छ। पक्राउ पर्नेमा बाग्लुङको साविक नरेठाटी गाविस–२ हाल गलकोट नगरपालिका– २ स्थायी ठेगाना भई काठमाडौं –४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनिबाट प्रहरीले बरामद गरेका नागरिकता मध्ये बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता लिएकाा छन भने काठमाडौं​ जिल्ला प्रशासन कार्यालयबाट मिति २०७४-१०-२४ गते कमल सुनुवारको नाममा लिएको पाइएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार