फागुन २५ राेल्पा – गंगादेव गाउपालिका रोल्पामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि तिन दिने प्रशिक्षणको उदघाटन गरिएको छ।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको अध्यक्षतामा न्यायीक समितिको हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा गाउपालिका अध्यक्ष वीर बहादुर खत्री रहनु भएको थियो । विशिष्ट अतिथिमा गाउपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,गाउपालिका शाखा प्रमुखहरु,७ वटै वडाका सचीवहरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले व्यक्तिगत घटना दर्ता हेर्दा सामान्य भय पनि नितिगत रूपमा सबै जानकार हुनु पर्ने बताउनु भएको छ। उहाले गाउपालिकाले गरेका सबैकाको दस्तावेजिकरण गर्नु पर्ने बताउदै सबै शाखा र वडालाइ प्रगति बिवरण सङकलन गरेर गाउपालिकाको प्रशासन शाखा उपलब्ध गराउन निर्देशन दिनु भएको छ।

कार्यक्रमका बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्तिले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली नया बिषय भएकोले सहभागीलाई सक्रिय भएर सिकाइ उपलब्धि हासिल गर्न शुझाव दिनु भएको छ। ४ नम्बर वडा अध्यक्ष राम बहादुर वलीले हस्तलिखित रूपमा दर्ता गर्दा तथ्यांकहरु व्यबस्थित नहुने भएकोले कम्प्युटराइज गरेर ब्यवस्थित गर्नु पर्ने बताउनु भएको छ । गाउपालिका सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वलीको स्वागत मन्तव्य बाट सुरु भएको उदघाटन कार्यक्रमको सन्चालन गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले गर्नु भएको थियो । पञ्जिकरण शाखाले आयोजना गरेको प्रशिक्षण २८ गते सम्म चल्ने शाखा प्रमुख तिर्थ राज वलीले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार