फागुन १६ प्युठान – चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले अस्पताल परिसरमा धर्ना दिएर दाेषि चिकित्सक माथि अनुसन्धान गरि कारबाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन। प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका-७ तुसाराकि २६ बर्षिय अनिसा एमसि(थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमसीको मृत्युपछि मृतकका आफन्त सहितका स्थानीयहरूले आईतबार बिहान देखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले अनिसाको मृत्यु भएको हो,’ अनिसाका श्रीमान सुदन थापाले भने । अनिसालाई अन्याय र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । स्थानीय प्रशासनले अस्पताल अगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ ।
अनिसाकाे पेटमा रगत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक रक्त श्राव भएपछि ज्यान गएकाे थापाले बताए ।

चिकित्सकहरुले रिफर गर्नुको साटो अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने भन्दै अस्पतालमा राख्दै आएको आफन्तकाे भनाई छ। सुत्केरी अनिसाकाे अन्तिम अबस्था आउदा अस्पतालले आज बिहान ३:०० बजे रिफर दिएकाे थियाे । रिफर दिएकाे एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङकाे भालुवाङमा सुत्केरी अनिसाकाे निधन भएकाे हाे। नवजात शिशु भने सकुशल छन् ।

सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएकाेे छ।मृतक महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार