फागुन १५ सल्यान – बलिदान दिवसका अवसरमा देशका विभिन्न स्थानमा ज्ञात अज्ञात सहिदको सम्मान र स्मृति स्वरुप विभिन्न कार्यक्रम गरि मनाइएकाे छ।

यसै क्रममा कर्णाली प्रदेश अन्तर्गत सल्यानकाे दार्मा गाउँपालिकाले पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाएको छ। गाउँपालिकाकाे वडा नं ४ को रातामाटामा सहिद परिवारलाइ सम्मान गरेको छ भने विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सम्पन्न भएका छन । गाउँपालिकाले अयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा सहिदका तस्विरहरू सहिद परिवारलाइ प्रदान गरिएको छ

वडाले अयोजना गरेको विद्यालय स्तरीय हाजिरी जवाफमा बुद्धजनकल्याण मा वि बडागाउँ प्रथम, स्थानीय टिम द्वितिय र जनकल्यान मा वि कोट बडागाउँ तृतिय बनेका छन । लोक नृत्य प्रतियोगितामा बुद्ध जनकल्याण मा वि बडागाउँको `ए´ टिम प्रथम , कालिका आ वि लाखुरी डाँडा द्वितीय र बुद्ध जनकल्याण मा वि बडागाउँको `बि´ टिम तृतिय बनेका छन ।

कार्यक्रममा स्थानीय कलाकारले लोक झाकी प्रदर्शन गरेका थिए। वडा नं. ४ का वडा अध्यक्ष अध्यक्ष चन्द्र बहादुर रावतको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निम बहादुर के सी रहेका थिए। त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष टीका शर्मा वली रहेकि थिइन् । कार्यक्रममा अन्य वडाका जनप्रतिनिधि,पालिका भित्रका विद्यालय, स्थानीय बासीकाे उपस्थित रहेकाे थियाे भने कार्यक्रमकाे संचालन शिक्षक अमर मल्लले गरेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार