निद्राले साथ छोडिन् आमा बिउंझिन्छु घरीघरी
सन्त्रासैे सन्त्रास जताततै बांचु म कसो गरि
सृष्टिको रचना उपमा दियौ संसार सुन्दर भन्यौ
छोरीको जनम दियर आमा पृथ्वी कसोरी भन्यौ ?

आफ्नो भन्नू को छ र यहाँ कसलाई बिस्वास म गरुं
जन्मैदिने बाबुको कुदृष्टि पर्छ यहाँ कसको भर म परुं
चित्र हेरिन्छ चरित्र दाँजिन्छ छोटा लुगामा यहाँ
बाउले दिएको टालोले इज्जत छोपिन्छ अब कहाँ ?

बाबुकै नङ्ग्राबाट लुछिन्छु चुंडिन्छु कोपिलामै
यो जीवन सहज छैन आमा मृत्यु देउ कोखिलामै
म पाउंदिन यो नरकमा फुलेर फक्रन आमा
पापीका नजरमा छोरीका छोटा भयछन् जामा।

एक्लै थिएं आंगनमा मलाई फकाइ लयो
च्यात्यो लुगा च्यात्यो शरीर असह्य पीडा भयो
सिंहले जसरी झम्ट्यो आमा घाँटी थिचेको थियो
उन्मत्त पापी दानवले मेरो अस्मिता लियो।

चारैतिरबाट चियाउंछ एक्लो खोज्दैछ कलाई
छोरीको योनी दियर आमा जन्मै नदेउ भो मलाई
पापीका गिद्धे नजर छन् मेरै घर वरपर
छोरीले बाँच्न पाउँदिन भने सृष्टि नगर परमेश्वर।।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार