फागुन ५ बैतडी – भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकी समेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको आराेपीत आफैले बताएका छन। बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीतले प्रहरी समक्ष बयान दिएका छन।

प्रहरीका अनुसार आराेपीत अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको बताउछ तर उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको अनुसन्धानमा खटिएको प्रहरी टाेलीले बताएको छ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ । भने तालिम प्राप्त कुकुर पनि प्रयाेग गरिएको छ।

स्थानीय सनातन धर्म माविमा कक्षा ११ मा पढछन भने भागरथीले कक्षा १२ मा पढथिन्। गत २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्क विहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् ।

यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । छिमेकी दुई परिवारबीचमा पुरानो झगडा देखिन्छ। भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन।

याे पनि पढनुस
भागरथी बलात्कारीकाे नजिक पुग्दै प्रहरी,निर्मला हत्या अनुसन्धानकाे टाेलीले नै अनुसन्धानमा

विद्यालय गएकी १७ वर्षिय किशोरीकाे बलात्कार पछि हत्या

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार