तिमी बिना आकाशको जून पनि खल्लो लाग्छ
सून्दरतालाई लाएको सुन पनि खल्लो लाग्छ

जुनबेला तिमी मसँग झगडा गर्छौ नि त्यो पल
आफ्नै शरिरमा बहने खुन पनि खल्लो लाग्छ

तिमी भित्र के छ त्यस्तो माेहनी लगाउने जादु
तिम्रो अगाडि अरुको गुन पनि खल्लो लाग्छ

तिमी भगवान तिमी नै सबथोक भएर होला
सुरुवात कै काममा सघुन पनि खल्लो लाग्छ

दु:ख बिसाउदै तिम्रो काखमा रमाउन पाए त
संगितका मिठा मिठा धुन पनि खल्लो लाग्छ

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार