फागुन ४ काठमाडौं – केही समय पहिलेबाट सामाजिक संन्जाल र मिडियाहरुमा अनेक आराेप र अर्काकाे मर्यादा माथि अनैतिक अभिव्यक्ति दिएकाे आराेपमा सामाजिक अभियान्ताकाे आफ्नाे पहिचान देखाउने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

बस्नेत पक्राउ परेसंगै सपनाले सामाजिक संन्जाल फेसबुमा लेखेकी छिन;धेरै जना को जिज्ञासा थियो म किन बोली रहेको छैन भनेर ।
कानुन भन्दा माथि हामी कोहि पनि थिएनौं ।
सम्पुर्ण प्रहरी प्रशासन को अथक प्रयास पछि काठमाडौ बाट फेरि फरार हुने क्रम मा काठमाडौ बसपार्क देखि #बिनय_जंग_बस्नेत लाई पक्राउ गरिएको छ अब सत्यतत्थ कानुनी प्रक्रिया अनुसार नै बाहिर आउँछ!
धेरै नै कोशिश गर्नु भयो मेरो चरित्र हत्या गर्न को लागि र कतिपय त सफल पनि हुनु भयो तर सबै जना लाई अवगत नै छ अराजक हरु क्षणिक को लागि बिजय हुन्छन् र सत्य ढिलो नै सहि बाहिर पक्कै आउँछ!😊
मलाइ हौसला दिनुहुने सबै प्रती धेरै आभारी छु र सम्पुर्ण प्रहरी प्रशासन प्रती नमन 🇳🇵

सपनाकाे फेसबुकबाट

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलका अनुसार बस्नेतलाई मङगलबार दिउसाे काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिबिसीको विश्वमा १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट परेकी सपना रोका मगरलाई धम्क्याएको आरोपमा उनलाई पक्राउ गरिएको हाे।

याे भन्दा अघिकाे समयमा आफ्नाे कर्म छाेरी भनी संगै बस्दै र बेवारिसे लास व्यवस्थापन गर्दै आएका थिए। बुवा छाेरीकाे सम्बन्धमा रहेर सामाजिक अभियानलाई निरन्तरता दिदै आएका थिए तर पछिल्लो समय सपना बिबिसीबाट सम्मानित भए पश्चात् विनयले सपना माथि अनेक आराेप लगाउदै आएका हुन। चाेेेेरी आराेप साथै आफूसँग सपनाका नग्न तस्बिरहरू पेन ड्राइभमा भएको र सामग्री सार्वजनिक गर्ने धम्कीसमेत दिएका थिए।

त्यस पश्चात सपनाले आफ्नो सुरक्षाकाे लागि बस्नेत विरूद्ध अभद्र व्यवहार मुद्दामा आइतबार महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार