फागुन ३ झापा – सुन्दै अचम्म र विश्वास नै गर्न नसकिने घटना भद्रपुरमा घटेकाे छ। देशभर महिला बलात्कृत हुँदै गरेको घटना सार्वजनिक भइरहेको बेला पुरुषबाटै पुरुष बलात्कार भएको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख डिएसपी राकेश थापाका अनुसार कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिबार बेलुका ७ बजे दुई जना पुरुष मिलेर ३० वर्षीय पुरुष माथि अप्राकृतिक यौन क्रियाकलाप गरेका हुन। बलात्कारमा परी घाइते भएका ती पुरुषकाे बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको प्रहरी डिएसपी थापाले बताए।

अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडका राखिएको छ। घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको डिएसपी थापाले बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार