माघ १७ प्युठान – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्वोर्गद्वारि नगर कमिटी वडा न.२ को बैठक आज सम्पन्न भएको छ। बैठकले प्रतिगमन विरुद्ध दबाब दिने उद्देश्यले पदम खत्रीको संयाेजकत्वमा ५१ सदस्यीय सङघर्ष समिति गठन गरेकाे छ।

सङगठनलाई सुदृढ बनाई व्यापक कार्यक्रम संचालन गर्न नौ सदस्यीय कार्यदल समिति पनि चयन गरेको छ। बैठकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्वर्गद्वारी नगर कमिटी अध्यक्ष धुर्ब बिक्रम सेन(भुकम्प), प्रमुख अतिथि लुम्बिनि प्रदेश कमिटी सदस्य र धन बहादुर रायमाझी, विशेष अतिथि लुम्बिनि प्रदेश कमिटी सदस्य ऋषि राम पुन, प्रदेश कमिटि सल्लाहकार टङ्क प्रसाद खनाल, जिल्ला कमिटि सदस्य मेगराज जि.सि (जिबन ) लगाएको उपस्थिति थियाे भने कार्यक्रमकाे संन्चालन बिष्णु खनालले गर्नुभएको थियो।

अब प्रत्येक वडा तथा टाेलमा सङगठन विस्तार गरि प्रतिगमनका विरुद्ध खबरदारी गर्ने गरि तयारी थालिएको नगर कमिटी अध्यक्ष सेनले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार