माघ १७ दाङ  – देउखुरी गढवाको वडा नम्बर ५ मा सितरियो कराते प्रतियोगिता शुरु भएको छ । प्रज्वल स्मृति अध्ययन केन्द्रको बार्षिक सप्ताह कार्यक्रम अन्तर्गत कराते प्रतियोगिता गरिएको हो ।

उक्त खेलमा २५ केजि देखी ६० केजीका खेलाडी हरु बिच प्रस्तिस्पर्धा भै रहेको प्रज्वल स्मृति अध्ययन केन्द्रका  अध्यक्ष मधुसूदन ओलिले जानकारी दिए ।

क्रिकेटमा प्रथम स्थान हासिल गर्नेले २० हजार , दोस्रो हुने टिमले १० हजार पुरस्कार प्राप्त गर्ने छन । म्यान अफ द म्याच हुने खेलाडिले रु ५०० र म्यान अफ द सिरिज स्थान प्राप्त गर्ने खेलाडिले रु २ हजार प्राप्त गर्ने छन ।तेस्तै कराँते टिम तर्फ पहिलो स्थान हासिल गर्ने समुहले रु १५ हजार, दोस्रो स्थान हासिल गर्नेले रु १० हजार, तेस्रो स्थान हासिल गर्नेलेे रु ५ हजार , प्रतेक केजी मा पहिलो हुने खेलाडिले एक हजार, दोस्रोले सात सय र तेस्रो हुने खेलाडिले पाचसय रुपैया प्राप्त गर्ने छन उता नृत्य तर्फ पहिलो हुने समुहले १५ हजार, दोस्रो हुने समुहले १० हजार रुपैया प्राप्त गर्ने आयोजक समितिले बताएको छ ।

सितरियो करातेको तर्फ बाट बोल्दै खेल बाट देउखुरीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन साथै योग्य खेलाडी उत्पादन गर्न यस खेलको आयोजना गरिएको करातेका अन्तर्राष्ट्रिय कोच तथा रास्टृय रेफृ गोबिन्द ओलिले बताए । सप्ताह ब्यापि खेल तथा निर्त्य प्रतियोगिताको सम्पुर्ण खर्चको प्रायोजन प्रज्वल स्मृति अध्ययन केन्द्रका संरक्षक प्रदिप राज शर्माले गरेका छन ।

प्रज्वल स्मृति अध्ययनकेन्द्रको सप्ताह व्यापी कार्यक्रम अन्तरगत क्रिकेट,सितरियो, कराते बिधामा देउखुरी स्तरिय खेलाडी तथा कलाकारहरु प्रतिस्पर्धा गरिरहेका छन ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार