माघ १५ काठमाडौ – दुखि पिडितकाे सारथि बन्दै आएकाे हेम एण्ड माया फाउन्डेसनले कर्णाली प्रदेशकाे जुम्लाका अग्नि पिडितलाई आर्थिक सहयोग दिने भएकाे छ।

जुम्लाको तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा गत मंगलबार साझ करिब ५ बजेबाट सुरु भएको भिषण आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन। अत्याधिक जाडोको समयमा आगलागीबाट विस्थापित समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाईमा पर्ने गोठीगाउँ बासीहरु अहिले खुल्ला आकाशमा बस्न बाध्य छन। अहिले त्यहाकाे तापक्रम माइनसमा झरिसकेकाे छ।

आगलागीबाट दुई सय ५६ घरपरिवारकाे बिचल्ली भएको छ। पिडित परिवारलाई थाेरै भएपनि राहत हाेस भन्ने उद्देश्यले हेम एण्ड माया फाउन्डेसनले पनि पचास हजार आर्थिक सहयोग गर्ने फाउन्डेसनका संचालक तथा अध्यक्ष हेम थापाले बताउनु भएको छ। उक्त रकम लिएर पिडित बस्तीमा फाउन्डेसनका आधिकारिक व्यक्तिहरु जाने तयारीमा रहेकाे पनि अध्यक्ष थापाले बताउनुभयो।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार