माघ १३ सल्यान – जिल्लाकाे श्रीनगर बाट ढोरचौर तर्फ बसमा यात्रा गर्ने क्रममा चार लाख सहितकाे कालाे झाेला बसमा छुटेको भनी प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा सो पैसा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

जनहितकाे लागि जारी सन्देश

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार बेलुका करिब ५ बजेको समयमा चार लाख रुपैया बोकि सल्यानकाे सिद्दकुमाख गाउँपालिका वडा न.४ खारबन बस्ने २४ वर्षिय मान बहादुर रोका श्रीनगरबाट आफुलाई  नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र उक्त रकम रहेको झोला बसमा छुटेको भनी तत्काल राेकाले प्रहरीलाई खबर गरेका थिए। त्यस पश्चात् तत्काल जिल्ला प्रहरी कार्यालय सल्यानले श्रीनगर बाट थारमारे तर्फ जाने बसहरुको चेकजाँच गर्न सम्बन्धित युनिटहरुलाई निर्देशन दिएको थियोे ।

चेकजाँच कै क्रममा ईलाका प्रहरी कार्यालय थारमारेबाट निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक लिलाराम चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ५ ख.७७६१ नम्बरको बसमा उक्त नगत सहितको कालो झोला सुरक्षित फेला पारेको हो ।

उक्त फेला पारेको रकमकाे स्रोत अनुसन्धान गर्दा सल्यानकाे सिद्दकुमाख गाउपालिका वडा न. ४ खारखन स्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ता रहेकाे बताइएको छ। उक्त रकम सम्बन्धित व्यक्ति जलश्राेत उपभोक्ता समितिका सचिव मान बहादुर रोकालाई भरपाई गरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार