माघ ११ काठमाडौ – नेपाली जाने गरेकाे वैदेशिक मुलुक मध्ये मलेसियामा सबै भन्दा बढि जाने गर्छन। त्यसाे त प्रत्येक वर्षको तथ्यांक हेर्दा मलेसियामा नै सबैभन्दा बढि नेपालीको मृत्यु भएको पाइन्छ। मलेसियामा मृत्युकाे कारण भने सबै भन्दा बढि सुतेकाे अवस्थामा, सडक दुर्घटना,आत्महत्या नै हुन।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीको १८ शव ल्याएको छ भने अझै १६ शव ल्याउन बाकी छ। मलेसियामा सरकारले गतसाता देखि लागू हुनेगरि आउदाे अगस्ट सम्म सङकटकाल घाेषणा गरेकाले पनि समयमै शव पठाउन नसकिएकाे र न्यारोबडी विमानले शव बोक्दैन । पहिले जस्तो थाई र मलेसियन एयर नेपाल नउड्दा निकै जोडबल गरेपछि मात्रै नेपाल एयरलाइन्सको वाइडबडीलाई अनुरोध गरेपछि यी शव नेपाल पठाउन सफल भएको दुतावासकाे भनाइ छ। फेरि वाइडबडी नआएसम्म बाँकी शव पठाउन नसकिने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए। सन् २०२० मा एक महिलासहित २ सय ७५ जना नेपालीको मलेसियामा मृत्यु भएको तथ्यांक छ।

वैदेशिक रोजगार बोर्डका अनुसार ती शवलाई ल्याउन काठमाडौबाट शुक्रबार राति ११ बजे नेपाल एयरलाइन्सकाे वाडबडी ए-३३० जहाज मलेसियाकाे लागि उडेकाे थियो। उक्त जहाज शनिवार बिहान ८:३० बजे त्रिभुवन विमानस्थलमा १८ शव सहित परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै ल्याएकाे थियाे।

१८ जनाकाे शव मध्ये बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो ।

भिडियो हेर्नुस्

 

याे पनि पढनुस्;
मलेसियामा ३५ नेपालीको शव अस्पतालमा, बाेर्ड भन्छ मलेसियाकाे संकटकालले उद्धारमा थप अप्ठ्यारो

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार